Nepal Times
Nepal Times
3
Shares

करेन्ट लागेर आरती स्टिलमा एक जनाको मृत्यु

करेन्ट लागेर आरती स्टिलमा एक जनाको मृत्यु

२१ असोज, विराटनगर ।
मोरङको बुढिगंगामा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ। बिराटनगर-८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्का लागेर मृत्यु भएको हो ।

बुधबार विहान पौने १२ बजे बुढिगंगामा रहेको आरती स्टिल फ्याक्ट्रीमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोक्ट्रिक सर्ट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथिबाट भुईमा बझारिएका थिए ।

करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.