३० भदौ, काठमाडौँ ।
सरकारले नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँका नयाँ शिक्का टकमरी गरी प्रचलनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
नयाँ शिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने उनले बताए ।