निखिल उप्रेती भन्छन् – ‘अब कसैसँग झुक्न छाडौँ’

१० जेठ ७७, आइतबार

१० जेठ, काठमाडौँ ।
नेपालले विवादित नेपाली भूभाग लिम्पियाधुरा लिपुलेक सहितको नक्सा सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । नेपालीहरुले यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठाईरहेका छन् । नेपाल सरकारले आफ्नो भूमि कुनै हालतमा पनि अर्काको कब्जामा पर्न नदिने भनी नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया, सरोकारवाला निकाय र जनता समेत रुष्ट बनेका छन् ।

योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक र ऐतिहासिक कदम चालेको बताएका छन् । उनले यसमा सबैले साथ दिनु पर्ने जनाएका छन् । उनले हरेक काममा भारतसँग निर्भर हुने प्रवृत्तिले भारतले हद पार गरेको र हेपिनेले धेरै ठाउँ दिएपछि हेप्नेले सीमा काट्नु सामान्य भएको बताएका छन्

उनले अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले आजको दिनमा समेत केही नेताहरूले भारतकै गुलामी गरिरहेको र आगामी दिनमा उनीहरूलाई शक्तिबाट हटाउनु पर्ने साथमा हरेक नेपाली आत्मनिर्भर हुन आवश्यक रहेको उल्लेख गरेका छन् । निखिलले भने–‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ ।’

Advertisement

निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन् । नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’ निखिलले आफ्ना सन्ततीहरुलाई पनि स्भाविमान बन्ने बाटोतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top