Nepal Times
Nepal Times
3
Shares

विवादमा तानिएपछि कृषि टिभीले बन्द गर्‍यो ‘कोरोना बिर्साउने गफगाफ’

विवादमा तानिएपछि कृषि टिभीले बन्द गर्‍यो ‘कोरोना बिर्साउने गफगाफ’

१० जेठ, काठमाडौँ ।
कृषि टिभीबाट प्रसारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रमले मधेशी समुदायको अपमान गरको भनेर विरोध हुन थालेपछि कायैक्रम बन्द गरिएको छ ।

कार्यक्रमको गत १ जेठमा प्रसारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सूर्य भण्डारी मधेशी चरित्रमा प्रस्तुत भएका थिए ।सो कार्यक्रममाथि आपत्ति जनाउँदै प्रदेश–२ को महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्राचार गरेको थियो ।

विवाद उत्पन्न भएपछि कार्यक्रमको प्रसारण बन्द गरिएको कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले जानकारी दिइन्। उनले कार्यक्रमकी सञ्चालक गोमा पाण्डेलाई सचेत गराइएको उनले बताइन्।

चौधरीले भनिन्, ‘कार्यक्रम सञ्चालिकाले शब्द चयनमा गल्ती गर्नुभएको हामीले सुरुमै महसुस गरेका थियौं,उजुरी आउनु अगाडि नै मैले एक्सन लिइसकेकी थिएँ ।’

चौधरीको निर्देशनअनुसार भोलिपल्टको कार्यक्रममा गोमाले क्षमायाचना गरिन् । कार्यक्रमलाई युट्युबबाट पनि हटाइयो । तर, त्यसबीचमा यसका क्लिप्सहरु डाउनलोड गरेर भाइरल बनाइसकिएको थियो । प्रेस काउन्सीलमा उजुरी र्पयो भने प्रदेश–२ को सरकारले पनि यसमा आपत्ति जनायो । त्यसपछि प्रस्तोतालाई निलम्बन गर्ने निर्णय लिइएको चौधरीले बताइन् ।

कार्यक्रममा मधेशी चरित्रमा अभिनय गरेका कलाकारको भने गल्ती नभेटिएको उनले बताइन् । कृषि क्षेत्रका गतिविधि र जानकारी दिने यस टेलिभिजनले चैतको तेस्रो सातादेखि ‘कोरोना बिर्साउने गफगाफ’ सुरु गरेको थियो । मधेशी क्यारेक्टरसँगको गफगाफ बिहीबार प्रसारण हुने गथ्र्यो । तराई मधेशका कृषक र तरकारी व्यवसायीका समस्या उजागर गर्ने र मनोरञ्जन पनि दिने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको चौधरी बताउँछिन् ।

यस कार्यक्रमका विषयमा प्रेस काउन्सिलले पनि कृषि टेलिभिजनलाई स्पष्टीकरण सोधेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.