×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विवादमा तानिएपछि कृषि टिभीले बन्द गर्‍यो ‘कोरोना बिर्साउने गफगाफ’

१० जेष्ठ २०७७

१० जेठ, काठमाडौँ ।
कृषि टिभीबाट प्रसारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रमले मधेशी समुदायको अपमान गरको भनेर विरोध हुन थालेपछि कायैक्रम बन्द गरिएको छ ।

कार्यक्रमको गत १ जेठमा प्रसारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सूर्य भण्डारी मधेशी चरित्रमा प्रस्तुत भएका थिए ।सो कार्यक्रममाथि आपत्ति जनाउँदै प्रदेश–२ को महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्राचार गरेको थियो ।

Advertisement
Advertisement

विवाद उत्पन्न भएपछि कार्यक्रमको प्रसारण बन्द गरिएको कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले जानकारी दिइन्। उनले कार्यक्रमकी सञ्चालक गोमा पाण्डेलाई सचेत गराइएको उनले बताइन्।

चौधरीले भनिन्, ‘कार्यक्रम सञ्चालिकाले शब्द चयनमा गल्ती गर्नुभएको हामीले सुरुमै महसुस गरेका थियौं,उजुरी आउनु अगाडि नै मैले एक्सन लिइसकेकी थिएँ ।’

चौधरीको निर्देशनअनुसार भोलिपल्टको कार्यक्रममा गोमाले क्षमायाचना गरिन् । कार्यक्रमलाई युट्युबबाट पनि हटाइयो । तर, त्यसबीचमा यसका क्लिप्सहरु डाउनलोड गरेर भाइरल बनाइसकिएको थियो । प्रेस काउन्सीलमा उजुरी र्पयो भने प्रदेश–२ को सरकारले पनि यसमा आपत्ति जनायो । त्यसपछि प्रस्तोतालाई निलम्बन गर्ने निर्णय लिइएको चौधरीले बताइन् ।

कार्यक्रममा मधेशी चरित्रमा अभिनय गरेका कलाकारको भने गल्ती नभेटिएको उनले बताइन् । कृषि क्षेत्रका गतिविधि र जानकारी दिने यस टेलिभिजनले चैतको तेस्रो सातादेखि ‘कोरोना बिर्साउने गफगाफ’ सुरु गरेको थियो । मधेशी क्यारेक्टरसँगको गफगाफ बिहीबार प्रसारण हुने गथ्र्यो । तराई मधेशका कृषक र तरकारी व्यवसायीका समस्या उजागर गर्ने र मनोरञ्जन पनि दिने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको चौधरी बताउँछिन् ।

Advertisement
Advertisement

यस कार्यक्रमका विषयमा प्रेस काउन्सिलले पनि कृषि टेलिभिजनलाई स्पष्टीकरण सोधेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top