लुम्बिनी एनपीएलको फाइनलमा, लगातार दोस्रो पटक उपाधि नजिक

२ मंसिर २०८३, बुधबार
Share this
752shares

०२ मंसिर , काठमाण्डौ ।   सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनी एनपीएलको इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि टोली दोस्रो सिजनमा पहिलोपटक फाइल प्रवेश गर्दा सुदूरपश्चिमलाई नै हराएर च्याम्पियन बनेको थियो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

Advertisement

लुम्बिनीको जितमा ब्याटर निरोसन डिक्वेलाले अविजित ५२ रनको अर्धशतकीय पारी खेले । जुन टोलीको जितको निम्ति निर्णायक रह्यो । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । यसअघि लुम्बिनीबाटै दोस्रो सिजन खेले पनि श्रीलंकाका डिक्वेलाले अर्धशतक प्रहार गरेका थिएनन् । उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २१ रन बनाए । रोहित र निरोसनले तेस्रो विकेटको निम्ति ३८ रनको साझेदारी पनि गरेका थिए । तर, रोहित ९.३ ओभरमा क्याच हुन पुगेपछि साझेदारी तोडिएको थियो । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्दीप जोराले आठ रन बनाए । ओपनर आसिफ शेखले चार रन जोडे भने डार्सी सर्ट शून्यमा आउट भए ।खेलमा सुदूरपश्चिमले निरोसनलाई सस्तैमा पभेलियन फर्काउने मौका पनि पाएको थियो । तर, सुदूरपश्चिमले उक्त अवसर सदुपयोग गर्न सकेन । उनी १.१ ओभरमा क्याच आउट हुनबाट जोगिएका थिए । उक्त बलिङमा निरोसनले हेमन्त धामीविरुद्ध सटको प्रयास गरेका थिए । अभिनेश बोहराले उनलाई क्याच गर्ने प्रयास पनि गरेका थिए । तर, अन्तिम क्षणमा अभिनासको हातबाट बल ‘ड्रप’ हुनपुगेको थियो । सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुगेलेइन र हेमन्तले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो ।सुदूरपश्चिमका निम्ति कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जारी सिजनमा उनको यो तेस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्स र काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिमले पावर प्लेबाटै खराब सुरुआत गरेको थियो । दीपेन्द्रले उक्त स्थितिलाई मध्यक्रममा उकास्ने प्रयास गरे । पावर प्लेमा टोलीले तीन विकेट गुमाएर २० रन बनाएको थियो । दीपेन्द्रले चौथो विकेटको निम्ति इशान पाण्डेसँग ६४ रनको अर्धशतकीय साझेदारी गरे । तर, दीपेन्द्र १९.२ ओभरमा लुम्बिनीका किशोर महतोविरुद्ध लामो सटको प्रयास गर्दा क्याच हुनपुगेका थिए । इशानले २७ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटले सात रन बनाए । आरिफले चार जोडे । ओपनर विनोद भण्डारी र थानुका डबारेले समान तीन रन बनाए ।

थरिनदुले एक रन बनाए भने ओपनर जर्ज मुन्से ‘गोल्डेक डक’ आउट भए । लुम्बिनीको निम्ति रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । उनले पहिलो बलमा मुन्सेलाई गोल्डने डकआउट गर्दै पभेलियन फर्काए । यसपछि दोस्रो विकेटमा दबारे ‘एड्ज’ लागेर विकेटकिपर निरोसनबाट क्याच भए । दोस्रो विकेटपछि सुदूरपश्चिमको रनरेट ३.५० बाट २.६६ मा घटेको थियो । रुबेनको इनिङ सुदूरपश्चिमको पावर प्लेमा कमजोर बनाउन निर्णायक रह्यो । शेर मल्लले पनि दुई विकेट लिए । किशोर महतो र अभिषेक गौतमले समान एक विकेट लिए ।हारसँगै सुदूरपश्चिमले सोझै फाइनल प्रवेश गर्ने सुनौलो अवसर गुमाएको छ । टोलीले यस सिजन भएको दुवै भेटमा टोलीसँग पराजय भोगेको छ । दुवै सिजन उपाविजेतामा सीमति भएको यो टोलीले अब फाइनल पुग्न आज हुने काठमाण्डू गोर्खाज र चितवन राइनोजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

क्वालिफायरमा हारपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमटाले ब्याटर चल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् ।निर्देशक टमटाले ब्याटर पूर्ण रूपमा चल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । टस हार्नु पनि एक कारणमध्ये रहेको उनले औँल्याए । १३० रनसम्मको लक्ष्य दिन सकेको भए पनि फरक नतिजा हुन सक्ने उनको विश्वास छ । स–साना साझेदारी पनि बन्न नसक्दा समस्या भएको निर्देशक टमटाले बताएका छन् । दुईजना नयाँ ब्याटर ल्याए पनि उनीहरू चल्न नसक्दा समस्या भएको उनले बताएका छन् । जर्ज मन्से र थानुका डबारे सुदूरका नयाँ ब्याटर हुन् । इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ । लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ । आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका छन् । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top