निजी डेरीले पाए अत्यावश्यक सेवासरह ढुवानी प्रतीक चिह्न

४ असार ७८, शनिबार

४ असार, काठमाडौं ।

निजी क्षेत्रको डेरी उद्योगले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिह्न पाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक काभ्रेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरलाई ढुवानी लोगो दिएको हो ।

यसअघि बोर्डले बुधबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)का गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।

Advertisement

बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भएबमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको हो ।

संस्थानपछि क्रमशः प्रक्रियासहित निवेदन आएका नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ । अब लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न पाउनेछन् ।

Advertisement

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा आएका निवेदनअनुसार परीक्षण गरी लोगो उपलब्ध गराइएको कार्यकारी निर्देशन यादवले जानकारी दिए ।

सरकारले दूध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र उक्त सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो प्रदान गरिएको यादवले जानकारी दिए ।

यसअघि किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दूधका गाडी देशभर आवातजावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको थियो ।

गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने लोगो (प्रतीक चिह्न)को सार्वजनिक अनावरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top