नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउनुपर्ने

२२ असार ७५, शनिबार

विराटनगर, असार २३

नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित “सञ्चार नीति र कानून” विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउन लागेकाले सो विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिए त्यसप्रति सचेत रहन सबैमा आग्रह गरे ।

Advertisement

महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमले प्रेसलाई संकूचित पार्ने गरी प्रदेश सरकारले कानून बनाउन लागेको बताउँदै यसप्रति सबैले चनाखो हुनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्र र सामाजिक सञ्जालप्रति राजनीतिक पक्षको दृष्टिकोण नकारात्मक रहेकाले कठोर कानून बन्नसक्ने सम्भावना रहेको छ भने ।

महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदित, पत्रकारद्वय गणेश लम्साल र धु्रव भट्टराईले नयाँ सञ्चार नीतिको विरुद्धमा पत्रकारलाई एकजुट हुन आग्रह गरे ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top