निर्वाचनमा बढी खपत हुने सामानको आयात यसकारण घट्यो

१७ मंसिर ७४, सोमबार

 निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ।

निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०/७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो। तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४/७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ।

अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो। दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो। तर अहिले घटेको छ।

आव २०७३/७४ को पहिलो चार महिना (साउन-कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो। तर चालू आव २०७४/७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमै पर्याप्त उत्पादन भएकाले आयात घटेको हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top