×

NEPAL TIMES UPDATES

Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026

ज्वरोको प्रकोपले लियो १२ को ज्यानः औषधि स्वास्थ्य संस्थामै छैन !

१८ मंसिर २०७४

भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका लालशोभा बुढा, धर्मकला शाही र एक वर्षीय बालकको मृत्यु भएको छ ।

-जिल्ला अस्पतालकी डा. मीना काफ्ले चौलागाईंले भाइरलकै कारण बिरामीको मृत्यु भएको बताइन् । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले पनि गाउँमा भाइरल फैलिएको बताए । औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए ।
करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरलले बालकदेखि वृद्धसम्म थला परेका छन् । ‘बिरामी कुर्ने मान्छे छैनन्, सारा ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने पैसा छैन, अरू कसैले औषधि ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’

Advertisement
Advertisement

-कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्नेलगायत लक्षण बिरामीमा देखिएका छन् ।

Advertisement
Advertisement

-जनस्वास्थ्य कार्यालयसँग औषधि किन्ने बजेट नभएको शर्माले बताए । रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र र गम्था, सेरी र खमाले गाउँमा स्वास्थ्य चौकी भए पनि सिटामोलसमेत नहुँदा बिरामी बचाउन कठिन भएको उनले बताए ।यो खबर आजकोनयाँ पत्रिकामा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top