१८ साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
संवादहीनताको अवस्थामा रहेका दुई अध्यक्षबीच अहिले केहीबेरअघिदेखि वार्ता सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार दाहाल ओलीलाई भेट्न ९ः५० मा त्यहाँ पुगेका थिए ।
१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा स्थगित भएपछि दाहाल पक्षका बहुमत सदस्य बैठक बसेका थिए । त्यसपछि दुई अध्यक्षबीच छलफल भएको थिएन । अध्यक्ष दाहालले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर छलफल भने गरेका थिए ।