२७ जेष्ठ, काठमाडौं । मंगलबार कोरोना संक्रमितको संख्या ३२३ ले बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३२३ ले संक्रमितको संख्या बढेको जनाएको छ । जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्।
योसंगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। त्यस्तै कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसंगै अहिलेसम्म १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ । ९६ जना आज डिस्चार्ज भएसंगै निको हुनेको संख्या ५८४ पुगेको छ ।