नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ७ जनाकाे मृत्यु

२ असाेज, काठमाडाैँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा ८५ वर्षिया महिला र ८८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षिय पुरुष र ललितपुरमा ६६ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

आज नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ ।

Advertisement

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा हरेका छन् ।

Advertisement

आज आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन् । आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन् । आजसम्मद प्रदेश नम्बर १ मा३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top