नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

२४ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताए । यस्तै कास्कीमा ७३ वर्षिया महिला, अर्घाखाँँचीमा ४२ वर्षिय पुरुष, बाँकेमा ८० वर्षिया महिला र नवलपरासीमा ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

आज १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको उनले बताए । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

Advertisement

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् ।

Advertisement

आज ९ सय १८ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top