नेपालमा पहिलाे पटक प्लाज्माथेरापीबाट काेराेना संक्रमितकाे सफल उपचार

१८ साउन, काठमाडौँ ।
नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितको स्वास्थ्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट वास्थ्य अवस्था जटिल भएर सघन उपचार कक्षमा भर्ना भएका ६० वर्षीय कोरोना सङ्क्रमितको सफल उपचार गरिएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार भर्ना भएका बिरामीमा प्लाज्मा थेरापी गरेर उपचार गर्दा ४८ घण्टाभित्र ७० प्रतिशत निको भएको अस्पतालमा कोभिड–१९ व्यवस्थापनका संयोजक डा. सनतकुमार दासले जानकारी दिए । शरीरमा अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल भएको, भेन्टिलेटरमा राख्नुपर्ने र अक्सिजनको उच्च बहावको आवश्यक पर्ने बिरामीमा प्लाज्मा थेरापी सहयोगी सिद्ध हुन्छ ।

सङ्क्रमित निको भएपछि रगतमा भएको प्लाज्मा सङ्क्रमित व्यक्तिको शरीरमा पठाएर रोग विरुद्ध लड्न सक्ने बनाउनु अभ्यास प्लाज्मा थेरापी हो । प्लाज्मा थेरापीका लागि डोनर उपलब्ध गराइदिन शिक्षण अस्पताल, महाराजगञ्जले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई आग्रह गरेको थियो । परिषद्ले काठमाडौं नजिकैको एक जना क्लाइन्ट खोजेर बिहिबार उपलब्ध गराएपछि थेरापी सम्भव र सफल भएको डा. दासले बताए ।

Advertisement

७० प्रतिशत स्वास्थ्य अवस्था सुधार भएपछि बिरामीलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको उनले जानकारी दिए । बिरामी भर्ना गर्दा ९० प्रतिशत अक्सिजन दिनुपरेकोमा थेरापीपछि २४ प्रतिशत मात्रै अक्सिजन दिनुपरेको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा बिरगंजका अर्को एकजना बिरामीमा समेत प्लाज्मा थेरापीको परीक्षण गरिदैछ । डा. दासले प्लाज्मा थेरापीबाट बिरामी निको हुने दर बढ्नुका साथै मृत्युदर घट्ने विश्वास गरेको बताए । प्लाज्मा थेरापीका लागि करिब चार देखि पाँच हजार रुपियाँ खर्च हुन आउँछ । यद्दपी हाल सरकारी खर्चमै प्लाज्मा थेरापी भएको हो । यसअघि नेपालमा कोरोनाको गम्भीर बिरामी नदेखिएको भन्दै प्लाज्मा थेरापी गरिएको थिएन ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top