NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

नेपालमा फाइभ-जी सञ्चालनको प्रारम्भिक तयारी सुरु, व्यवसायिक फाइदा हुनेमा आशंका

सोमवार माघ ५ , २०७७
Reading Time: 1 min read
A A
नेपालमा फाइभ-जी सञ्चालनको प्रारम्भिक तयारी सुरु, व्यवसायिक फाइदा हुनेमा आशंका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ माघ, काठमाडाँ । नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ ।

अत्यन्तै उच्च गतिको इन्टरनेटको सहायताले मानव उपस्थितिबिनानै कयौँ काम गर्न सकिने गरी विकास भएको फाइभ-जी नेपालमा पनि ल्याउनुपर्छ भन्ने माग उठ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो विषयमा प्रारम्भिक तयारी गरिरहेको छ ।

फाइभ-जी फ्रिक्वेन्सी पहिचानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम बनाएर फ्रिक्वेन्सीको सिफारिस पनि गरिसकेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य सीमणि चौलागाईंको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधिविज्ञ आनन्दराज खनाल, सञ्चार उपसचिव अनुप नेपाल, प्राधिकरणका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित नेपाल टेलिकम र एनसेलका प्रतिनिधिसहितको फोरमले फाइभ-जी फ्रिक्वेन्सी सिफारिस गरेको हो ।

LS Auto

न्यून ब्यान्ड अन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्डलाई फाइभ-जी प्रविधिमा सञ्चालन गर्न सकिने सिफारिस फोरमले गरेको छ ।

फोरमले गरेको फ्रिक्वेन्सी सिफारिस अध्ययन गरेर दूरसञ्चार प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति समक्ष सुझावका रूपमा पेस गर्नेछ । समितिले आवश्यक अध्ययन गरेर निर्णय गर्नेछ । समितिमा सञ्चारमन्त्रीसहित विभिन्न ४ वटा मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका व्यक्ति रहेका हुन्छन् ।

थप अध्ययन गर्दै

फाइभ-जी को विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले विस्तृत अध्ययन गरिरहेको छ । दूरसञ्चार प्राधिकरणको फ्रिक्वेन्सी शाखाबाट यस विषयमा विस्तृतमा अध्ययन भइरहेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

फाइभ-जीकै विषयमा परामर्शदाता छनोटको प्रक्रिया पनि चलिरहेको छ । प्राधिकरणले परामर्शदाताको लागि प्रस्ताव मागिसकेको छ । परामर्शदाताको प्रस्ताव अहिले मूल्याङ्कनको चरणमा रहेको पनि अर्यालले बताए ।

व्यावसायिक रुपमा अहिले नै फाइभ-जी सफल हुनेमा शंका: खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विज्ञ आनन्दराज खनाल नेपालमा फोर(जी सेवा प्रभावकारी नबन्दै फाइभ-जी सेवा प्रभावकारी नहुने बताउँछन् ।

फाइभ-जी प्रविधिको बारेमा नेपालमा अध्ययनको थालनी हुनु र केही पूर्वतयारी हुन राम्रो भए पनि अहिले नै सञ्चालन गरेर व्यवसायिक रुपमा यसबाट फाइदा लिन नसकिने उनको भनाइ छ ।

फाइभ-जी को लागि देशका अरु क्षेत्र पनि अत्याधुनिकतामा गएको हुनुपर्ने खनालको भनाइ छ ।

सुन्दाखेरी तत्कालै फाइभ-जी सुरु गरिहालौँ या नेपालमा पनि आइहाले हुन्थ्यो भन्ने धेरैलाई लागे पनि यसको उपयोगिता तत्कालको लागि कमै देखिएको उनको भनाइ छ ।

पहिले फोर-जीबाटै पूर्ण फाइदा लिनुपर्छ: प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले पनि अहिले फोर-जी बाटै सबै नागरिकले सेवा प्राप्त गर्नुपर्ने र फाइभ-जी को पनि बिस्तारै प्रयोग गर्नुपर्ने बताएको छ । अहिले नेपाल टेलिकमले झण्डै १९ अर्ब रुपैयाँ खर्च गरेर देशभरि फोर-जी सेवाको सञ्चालन गरिरहेको छ । २०७६ सालको माघमै देशैभरि फोर-जी सेवा पु¥याउने लक्ष्यसहित टेलिकमले काम गरे पनि अहिलेसम्म योजना पूरा भएको छैन ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणका अनुसार कात्तिकसम्म नेपाल टेलिकमका १ करोड ८२ लाख सिमकार्ड जारी भएकोमा जम्मा २० लाख ५० हजारले मात्रै फोर-जी सेवा चलाइरहेका छन् ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका गरेर समग्रमा नेपालमा ३ करोड ६० लाख ३५ हजार सिमकार्ड जारी भएकोमा जम्मा ६३ लाख ३२ हजार फोर-जी प्रयोगकर्ता रहेका छन् । यस्तो अवस्थामा पहिले फोर-जी सेवालाई नै प्रभावकारी बनाउने र सबैको पहुँचमा पु¥याउने त्यसपछि मात्रै फाइभ-जी को प्रयोग सहज हुने दूरसञ्चार प्राधिकरणको भनाइ छ ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.