नेपालमा फाइभ-जी सञ्चालनको प्रारम्भिक तयारी सुरु, व्यवसायिक फाइदा हुनेमा आशंका

५ माघ, काठमाडाँ । नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ ।

अत्यन्तै उच्च गतिको इन्टरनेटको सहायताले मानव उपस्थितिबिनानै कयौँ काम गर्न सकिने गरी विकास भएको फाइभ-जी नेपालमा पनि ल्याउनुपर्छ भन्ने माग उठ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो विषयमा प्रारम्भिक तयारी गरिरहेको छ ।

फाइभ-जी फ्रिक्वेन्सी पहिचानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम बनाएर फ्रिक्वेन्सीको सिफारिस पनि गरिसकेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य सीमणि चौलागाईंको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधिविज्ञ आनन्दराज खनाल, सञ्चार उपसचिव अनुप नेपाल, प्राधिकरणका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित नेपाल टेलिकम र एनसेलका प्रतिनिधिसहितको फोरमले फाइभ-जी फ्रिक्वेन्सी सिफारिस गरेको हो ।

Advertisement

न्यून ब्यान्ड अन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्डलाई फाइभ-जी प्रविधिमा सञ्चालन गर्न सकिने सिफारिस फोरमले गरेको छ ।

फोरमले गरेको फ्रिक्वेन्सी सिफारिस अध्ययन गरेर दूरसञ्चार प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति समक्ष सुझावका रूपमा पेस गर्नेछ । समितिले आवश्यक अध्ययन गरेर निर्णय गर्नेछ । समितिमा सञ्चारमन्त्रीसहित विभिन्न ४ वटा मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका व्यक्ति रहेका हुन्छन् ।

Advertisement

थप अध्ययन गर्दै

फाइभ-जी को विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले विस्तृत अध्ययन गरिरहेको छ । दूरसञ्चार प्राधिकरणको फ्रिक्वेन्सी शाखाबाट यस विषयमा विस्तृतमा अध्ययन भइरहेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

फाइभ-जीकै विषयमा परामर्शदाता छनोटको प्रक्रिया पनि चलिरहेको छ । प्राधिकरणले परामर्शदाताको लागि प्रस्ताव मागिसकेको छ । परामर्शदाताको प्रस्ताव अहिले मूल्याङ्कनको चरणमा रहेको पनि अर्यालले बताए ।

व्यावसायिक रुपमा अहिले नै फाइभ-जी सफल हुनेमा शंका: खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विज्ञ आनन्दराज खनाल नेपालमा फोर(जी सेवा प्रभावकारी नबन्दै फाइभ-जी सेवा प्रभावकारी नहुने बताउँछन् ।

फाइभ-जी प्रविधिको बारेमा नेपालमा अध्ययनको थालनी हुनु र केही पूर्वतयारी हुन राम्रो भए पनि अहिले नै सञ्चालन गरेर व्यवसायिक रुपमा यसबाट फाइदा लिन नसकिने उनको भनाइ छ ।

फाइभ-जी को लागि देशका अरु क्षेत्र पनि अत्याधुनिकतामा गएको हुनुपर्ने खनालको भनाइ छ ।

सुन्दाखेरी तत्कालै फाइभ-जी सुरु गरिहालौँ या नेपालमा पनि आइहाले हुन्थ्यो भन्ने धेरैलाई लागे पनि यसको उपयोगिता तत्कालको लागि कमै देखिएको उनको भनाइ छ ।

पहिले फोर-जीबाटै पूर्ण फाइदा लिनुपर्छ: प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले पनि अहिले फोर-जी बाटै सबै नागरिकले सेवा प्राप्त गर्नुपर्ने र फाइभ-जी को पनि बिस्तारै प्रयोग गर्नुपर्ने बताएको छ । अहिले नेपाल टेलिकमले झण्डै १९ अर्ब रुपैयाँ खर्च गरेर देशभरि फोर-जी सेवाको सञ्चालन गरिरहेको छ । २०७६ सालको माघमै देशैभरि फोर-जी सेवा पु¥याउने लक्ष्यसहित टेलिकमले काम गरे पनि अहिलेसम्म योजना पूरा भएको छैन ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणका अनुसार कात्तिकसम्म नेपाल टेलिकमका १ करोड ८२ लाख सिमकार्ड जारी भएकोमा जम्मा २० लाख ५० हजारले मात्रै फोर-जी सेवा चलाइरहेका छन् ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका गरेर समग्रमा नेपालमा ३ करोड ६० लाख ३५ हजार सिमकार्ड जारी भएकोमा जम्मा ६३ लाख ३२ हजार फोर-जी प्रयोगकर्ता रहेका छन् । यस्तो अवस्थामा पहिले फोर-जी सेवालाई नै प्रभावकारी बनाउने र सबैको पहुँचमा पु¥याउने त्यसपछि मात्रै फाइभ-जी को प्रयोग सहज हुने दूरसञ्चार प्राधिकरणको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top