किशोर श्रेष्ठलाई फेरि प्रहरीले उठायो

१ कात्तिक ८३, शनिबार
Share this
733shares

३१ असोज , काठमाण्डौ ।

Advertisement

कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा किशोर श्रेष्ठलाई ब्युरो लगिएको हो । पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूबिच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो ।

शुक्रबार श्रेष्ठ र पन्त दुवैले एकअर्का विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । उजुरी पछि शनिबार बिहानै प्रहरी जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठको घर भएको स्थान ललितपुरमा पुगेको थियो ।

Advertisement

तर साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले भने श्रेष्ठलाई पक्राउ नगरिएको दाबी गर्दै आज छलफल चाहिँ हुन सक्ने बताएका छन् । यता नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि बोलाएको हो ।

किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो । प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको छ भने पन्त पनि साइबर ब्युरोतर्फ लागेका हुन् ।

Advertisement

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

ब्युरोका अनुसार श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ । प्रकाशित समाचारको निहुँमा अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै जनआस्थाले पनि हिमेशविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

यसैबिच नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उनको तुरुन्त रिहाइको माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो।

नेपालको संविधान, कÞानुन र विश्वव्यापी मानवअधिकार सम्वन्धि मान्यताको उल्लंघन हो। सरकारको फासीवादी चरित्रको उदाहरण हो। किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर।’ यता श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तको परिवारमाथि धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीको साढे ४ रोपनी जग्गा हडपेको आरोप लागेको समाचार लेखेको थियो ।

त्यसविरुद्ध पन्तले ब्युरोमा उजुरी दिएका थिए । पन्तले जाहेरी दिएपछि उनले सामाजिक सञ्जालमा आफूविरुद्ध गरेको टिप्पणीप्रति लक्षित गर्दै श्रेष्ठले समेत जाहेरी दिएका थिए । ब्युरोका एसपी दीपकराज अवस्थीले प्रहरीकहाँ आएको जाहेरीबारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको बताएका छन् ।

‘निवेदन दिएको दुवै पक्षलाई छलफलका लागि बोलाएका ल्याएका हौं, नियन्त्रणमा लिएको भन्ने होइन,’ उनले भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top