१२ चैत्र, काठमाडौं ।
ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले नेपाललाई अनुदान सहयोेग गर्ने भएको छ ।
एक अर्ब ४० करोड रुपैयाँ अनुदान उक्त कार्यक्रमका लागि जर्मनले दिने भएको हो। यससम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफरले हस्ताक्षर गरेका छन्।
प्राप्त सहयोगबाट नीति र सार्वजनिक क्षेत्रलाई ग्रीड जोडिएको सोलार फार्म विस्तार गर्न, सौर्य ऊर्जाबाट सिँचाइ र अन्य गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ।
सो सहयोग नेपालको ग्रामीण भेगको विकासमा केन्द्रित गरिनेछ।