नेपाली फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनको आईटम डान्स मात्रै

७ भदौ ७५, शुक्रबार

काठमाडौँ,भदौ ८
केही दिन यता सिने बजारमा बलिउड अभिनेत्री सन्नी लियोनेल नेपाली चलचित्र गर्दै छिन् भन्ने चर्चा धेरै भएको थियो ।तर, नेपाली नायक अनुप विक्रम शाहीको सिन रहने भनिएता पनि यति बेला निर्माण पक्षले सन्नीको चलचित्रमा आइटम गीत मात्र रहने बताएको छ ।

‘पासवर्ड’ नाम राखिएको उक्त चलचित्र ए बी इन्टरनेसनलले पहिलो प्रस्तुति हो ।चलचित्रको ९८ प्रतिशत छायाङ्कन बेलायत र दुई प्रतिशत नेपालमा हुने जनाईएको छ । करिब ३० करोड लगानीमा निर्माण हुन लागेको यस चलचित्रको सुटिङ आइतबारबाट लन्डनमा सुरु हुँदैछ । यस चलचित्रमा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, प्रवीण खतिवडा, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत फिल्मका मुख्य कलाकार हुन् ।

चलचित्रमा भिलेनको भूमिकामा अनुप विक्रम शाही देखिनेभएका छन् । सस्पेन्स, एक्सन र थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । चलचित्रमा संगीत अर्जुन पोखरेलको हुनेछ । चलचित्रमा अमित बस्नेत र हिरल जोशी निर्माता हुन् । सौरभ लामाको छायाङ्कन हुने चलचित्रलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।

Advertisement

यस चलचित्रमा सन्नीको भने आइटम डान्स मात्र हुने भएपनि साथमा उनको केही सिन चलचित्रका मुख्य नायक बिक्की जोशीसँग पनि रहेको निर्माण पक्षले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top