मोरङमा मलको अभाव नहुने, पर्याप्त रासायनिक मलको मौज्दात

८ भदौ ७५, शुक्रबार
Share this
702shares

विराटनगर, भदौ ८
मोरङ जिल्लामा मलको अभाव हुन नदिन पर्याप्त मात्रामा रासायनिक मल मौज्दात राखिएको छ ।वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई नौ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिए ।

डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो । मोरङ बाहेक अन्य जिल्लामा डिएपी दुई हजार २६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३६९ बोरा मौज्दात रहेको राईले बताए । गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा एक हजार ३३२ बोरा खपत भई अरु जिल्लामा छ हजार २७० वितरण गरिएको थियो । हाल सो मल १० हजार ५५७ बोरा मौज्दात रहेको छ ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top