नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई शाहीको चुनौती

२७ कार्तिक, विराटनगर ।
नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।

Advertisement

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलिनुमा शाहीको हात रहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको दाबी ग्लोबल टाइम्सले गरेको छ ।

पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप खारेज गरेका छन् र नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

Advertisement

शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।

शाहीले विज्ञप्तिमा लेखेका छन्, ‘स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमा समेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरु काल्पनिक नभइ तथ्यगत रहेका छन् ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top