नेपाल–इजरायलबीच श्रम सम्झौता

१४ असोज ७७, बिहीबार

काठमाडाैँ : नेपाल र इजरायलबीच श्रम सम्झौता र सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना सम्बन्धमा हस्ताक्षर भएको छ । इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली विदेशमन्त्री गावी अस्केनाजीले बुधबार सम्झौतामा हस्ताक्षर गरे । नेपालका तर्फबाट हस्ताक्षरका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सोमबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलबाट कृषि प्रविधि भित्र्याउन एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न लागेको जानकारी दिएका थिए । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले कृषि सेन्टरमार्फत नेपालको कृषि क्षेत्रमा सुधार गर्ने र उत्पादन तथा स्वरोजगार बढाउने लक्ष्य राखिएको बताए ।

यसबारे झापा, लमजुङ र गुल्मीमा सर्वेक्षण भइरहेको इजरायलस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार अब अन्य ससाना श्रमसम्बन्धी कामका लागि पनि बाटो खुला भएको छ । अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्र र स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा काम गर्न जाने बाटो खुलेको हो ।

Advertisement

यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । ‘अन्य क्षेत्रमा पनि नेपालीहरू इजरायलमा गएर काम गर्ने बाटो खुलेको छ,’ उनले भने । केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत पठाउन रोक लगाइएको थियो । सेक्टरअनुसार काम गर्न जाने विषयमा दुई मुलुकबीच अक्टोबरमा कार्यान्वयन प्रोटोकलमा सम्झौता हुने प्रवक्ता घिमिरेले बताए । , याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top