NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

नेपाल एकीकरण अभियानको अवमूल्यन असम्भव

बुधबार पुस २६ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
नेपाल एकीकरण अभियानको अवमूल्यन असम्भव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, पुस २६
राजतन्त्र अन्त्यसँगै आधुनिक नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न खोजिए पनि पछिल्ला वर्षमा एकीकरण अभियानलाई पूर्ववत सम्मान दिने क्रम बढेको छ ।

शाहले गोरखा राज्यलाई विस्तार गरी सैन्य बलबाट वि.सं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि तत्कालीन बाइसे तथा चौबीसे राज्य एकीकरणमा बल पुगेको थियो । काठमाडौँ उपत्यकाभित्रका तीनवटै राज्यको एकीकरणपछि मुलुकमा शाहवंशीय राजसंस्थाको थालनी भएको थियो ।

दोस्रो जनआन्दोलन २०६२÷६३ मा पृथ्वीनारायण र उनका उत्तराधिकारीका सालिक तोडफोड गर्ने तथा इतिहासमा राष्ट्रियताको संरक्षणका लागि राजसंस्थाले निर्वाह गरेको भूमिका अवमूल्यन गर्न खोजिए पनि पछिल्ला दिनमा विभिन्न दल र सम्बन्धित पक्षले नेपालको एकीकरणमा शाहको योगदानलाई बिर्सन नहुने आवाज उठाउन थालेपछि केही वर्ष सरकारी स्तरबाट कटौतीमा परेको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा यस वर्षदेखि पुनः बिदा दिने घोषणा गरिएको छ ।

Advertisement

यस पटकदेखि शाहको जन्मदिन पुस २७ लाई सरकारले राष्ट्रिय बिदा दिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न निकायले विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा एकता दिवस मनाइरहेका छन् ।

गोर्खाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीका छोराका रुपमा शाहको जन्म १७७९ पुस २७ गते भएको थियो । २० वर्षमा गोर्खाको राजा भएका शाहले क्रमिकरुपमा विभिन्न राज्यमाथि आक्रमण गरी एकीकरण अभियानमा पूर्वमा टिष्टा नदीदेखि पश्चिममा काँगडा नदीसम्मका नेपालीलाई सहभागी गराएका थिए । नयाँनयाँ राज्यमा जित हासिल गरेपछि स्थानीय संस्कृति, चलन, परम्परालाई समेत निरन्तरता दिइएको पाइएको छ ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित तत्कालीन समयमा गोर्खामा एक हजार २०० घरधुरीका मानिस आर्थिक रुपमा विपन्न भएपनि शाहको अभियानलाई साथ दिएको बताउछन् । स्थानीय विसे नगर्चीको सुझावअनुसार राजा पृथ्वीनारायण शाहले त्यहाँका बासिन्दासँग प्रतिघरधुरी एक रुपैयाँका दरले कुल १२ हजार संकलन गरेर काशीबाट हतियार झिकाएका थिए ।

इतिहासकार डा सुरेन्द्र केसीले तत्कालीन समयमा दक्षिण एशियामा बढ्दै गएको अंग्रेजको साम्राज्यवादलाई नेपालमा पस्न नदिन शाहले खेलेको भूमिकाका कारण नै आज नेपालीको विश्वमा शान रहेको दाबी गर्छन् ।

काठमाडौँ उपत्यकालाई विजय गर्नुभन्दा अगाडि शाहले तीनपटक कीर्तिपुरमा युद्ध गर्नुपरेको इतिहास छ । विसं १८१४ र १८२१ मा कीर्तिपुरमा आक्रमण गरी पराजय भोगेका शाहले र १८२२ मा भने कीर्तिपुर जितेका थिए ।

प्रा जगमान गुरुङले गोर्खाका पाँडे, पन्त, अर्याल, खनाल, बोहरा र राना थर भएका रणनीतिज्ञले निर्माण गरेको युद्ध नीतिको एकीकरणमा महत्व रहेको जनाउँदै शाहले स–साना क्षेत्र भिरकोट, कास्की, लमजुङलाई आफ्नो राज्यमा विलय गर्दै आधुनिक नेपालको जग बलियो बनाएको बताए ।

गोर्खाका राजाले कीर्तिपुर हात पारेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका मल्ल राजालाई त्रासको मनोविज्ञान बढ्दै गएको इतिहास छ । विसं १८२५ असोज १३ गते इन्द्रजात्राका दिन नरदेवी, टुँडिखेल र भीमसेनस्थान तीनतिरबाट घेरा हालेर काठमाडौँमाथि विजय प्राप्त गरेका थिए । त्यतिखेर काठमाडौँमा जयप्रकाश मल्ल राजा थिए । सोही महिनाको असोज २५ गते ललितपुरका राजा तेजनरसिंह मल्ललाई पराजित गरिएको थियो ।

विसं १८२६ मंसिर १ गते भक्तपुरका राजा रणजित मल्ललाई पनि आत्मसमर्पण गराई शाहले उपत्यकामाथि जित हासिल गरेका थिए ।
रासस

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.