नेपाल, भारत र बंगलादेशबीच बीबीआईएन मोटर सम्झौतालाई कार्यान्वयनमा ल्याउने सहमति

१५ चैत, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा तीन देशबीचमा मोटर सेवा सञ्चालनका लागि आवश्यक समझदारी पत्रलाई छिटो टुंगोमा पु¥याउने सहमति भएको हो ।

भुटानसहित चार मुलुकबीच सन् २०१५ मा दक्षिण एसियाली सहयोग संगठन (सार्क) उपक्षेत्रीय सहकार्य अन्तर्गत बीबीआईएन सम्झौता भएको थियो ।

Advertisement

तर, भुटानले सो सम्झौतालाई त्यहाँको संसदबाट अनुमोदन गराउन नसकेका कारण चार देशबीचमा मोटर सेवा सञ्चालनका लागि ढिलाइ भएको छ ।

सम्झौतामा भुटान तत्काल सहभागी नहुने भएपछि नेपाल, बंगलादेश र भारतबीचमा सकेसम्म सो सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भइरहेको छ ।

Advertisement

बस सञ्चालनका लागि आवश्यक पर्ने विस्तृत प्रावधानको लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । जसको मस्यौदा तयार भइसकेको छ, र भुटानविना नै यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाबीच यसलाई सकेसम्म छिटो टुंगोमा पु¥याउने सहमति भएको छ । यसअघि नै नेपाल, भारत र बंगलादेशबीचमा एक परीक्षण मोटर सञ्चालन भइसकेको छ ।

दुई नेताको बीचमा सार्क र बिमस्टेकलाई अगाडि बढाउने विषयमा समेत सहमति भएको छ । विगत ६ वर्षदेखि सार्कको शिखर सम्मेलन हुन सकेको छैन । तर, शिखर सम्मेलन गर्ने विषयमा भने संयुक्त वक्तव्य मौन रहेको छ ।

अर्काे क्षेत्रीय संगठन विमस्टेकलाई अझ प्रभावकारी बनाउने विषयमा दुई नेताबीच सहमति भएको छ । भारतले पछिल्लो समयमा सार्कलाई भन्दा बीबीआईएन र बिमस्टेकलाई बढी जोड दिइरहेको छ ।

मोदी र हसिनाबीच नेपाल र भुटानसँग ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने सहमति समेत भएको छ । भारतले सीमापार उर्जा व्यापारका लागि आवश्यक नियामक निकाय र निर्देशिकालाई सकेसम्म छिटो अन्तिम रुप दिने सहमतिसमेत भएको छ ।

पछिल्लो समयमा भारतले नेपाली बिजुली बंगलादेशलाई बेच्नको लागि पारवहन सुविधा दिन तयार रहेको बताएको छ । केही दिन अगाडि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले भारतले यस क्षेत्रमा उर्जा हब निर्माण गर्न थालेको बताएका थिए । उर्जा सहकार्यका लागि भारत र बंगलादेशको बीचमा सिमापार प्रसारण लाइनका विभिन्न योजनाहरु अगाडि बढिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top