‘नेपाल महोत्सव’ हुँदै

१२ माघ ७४, शनिबार

काठमाडौँ, माघ १३
नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ । यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहीद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहीदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ ।

विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेका सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सो महोत्सव गर्न लागिएको आयोजक समितिमा आबद्ध राजनीतिक विश्लेषक आनन्द आदित्यले जानकारी दिए ।

Advertisement

उनले राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई विवादमा ल्याउने प्रयास भए पनि पछिल्लो समयमा सबैले एकीकरण अभियान व्यक्तिविशेषको नभई त्यसबेलाका अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्य बनेको बताए ।

सोही दिन त्रिभुवन विश्वविद्यालयमा इतिहास र सम्पदासम्बन्धी कार्यशाला हुनेछ । महोत्सवका लागि डा विनोद भट्ट, शशि खड्का र सरोज खनाल रहेको सचिवालय बनेको छ, जसले साप नेपालमा रही काम गर्नेछ ।

प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल (जनसार्क) शाखाका अध्यक्षमण्डलका सदस्य दीनदया रिजालले आफ्नो संस्था शान्ति, एकता र वातावरणमैत्री रुपमा उक्त महोत्सव सफल बनाउन लागिपर्ने बताए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top