नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच किन भयो भिडियो कन्फ्रेन्स

५ असार, काठमाडौँ ।
सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्समा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताएका हुन् ।

कन्फ्रेन्समा सहभागि नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष दाहाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा स्पष्ट रहेको बताएका हुन् । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टी बीचको सम्बन्ध पनि मजवुद हुनुपर्ने कुरा कन्फ्रेसमा भएको उनले बताए ।

Advertisement

नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भूसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान गर्न कन्फ्रेन्सको आयोजना भएको बताए । कन्फ्रेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको उनले बताए ।

कन्फ्रेन्समा नेपालको तर्फबाट अध्यक्ष दाहाल, उपप्रधानमन्त्री पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भूसाललगायतका नेताहरुको सहभागिता थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बतविभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top