२६ जेठ, काठमाडौँ ।
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ ।
बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई २–०को जित निकालेको हो ।
ब्राजिलको जितमा नेयमार र लुकास प्याक्वेटाले समान एक–एक गोल गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा प्याक्वेटाले गोल गर्दै ब्राजिललाई २–०को जित सुनिश्चित गरे ।
जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ६ खेलबाट १८ अंक पुगेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।