नेसन्स लिगः इंग्ल्याण्ड फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरियो

१ मंसिर, एजेन्सी । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ ।

समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे ।

Advertisement

यस्तै २३ औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेर पहिलो हाफमा नै २–० को अग्रता दिलाए र सोही अग्रता नै जित बन्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमको जितसँगै पाँच खेलबाट १२ अंक भएको छ र उ समूहको शीर्ष स्थानमा छ । सात अंकसहित इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

Advertisement

सोही समूह अन्तर्गतको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ । डेनमार्कका लागि दुवै गोल क्रिष्टियन एरिक्सनले पेनाल्टी मार्फत गरेका छन् ।

जित निकालेको डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । आइसल्याण्डले अहिलेसम्म एक खेल पनि जित्न वा बराबरी गर्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top