आसियानको ३७ औं शिखर सम्मेलनः महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने निर्णय

१ मंसिर, एजेन्सी । दक्षिण पूर्व एशियाली राष्ट्रसंघ (आसियान) ले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने निर्णय गरेको छ ।

आसियानको ३७ औं शिखर सम्मेलनमा सहभागी राष्ट्रहरुले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा महामारीविरुद्ध लड्न सामुहिक सहयोगको प्रतिवद्धता आवश्यक रहेको औंल्याएको छ ।

समारोहमा समापन मन्तव्य राख्दै भियतनामका प्रधानमन्त्री नुग्वेन जुआन फुकले कोरोना महामारीको लडाइमा सामुहिक पहल र प्रतिवद्धता कायम गर्नसके आसियान मुलुकहरुमा आर्थिक सुधारमा तीव्रता ल्याउन सकिने बताए ।

Advertisement

उनले कोरोना महामारी र अन्य समस्या समाधानका लागि यसअघि भएका प्रतिवद्धताहरुको पूर्ण पालना र थप सहयोग एवम् सहकार्य आवश्यक रहेकाले पुन एकजुट हुने बेला आएको बताए ।

बैठकले कोरोना महामारीबाट मुक्त भएर सामाजिक–आर्थिक जीवनलाई स्थिर पार्न आसियन किभरी फ्रेमवर्क र यसको समकालीन कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

Advertisement

सम्मेलनले आसियान र यसका साझेदारहरुले बहुपक्षीय आर्थिक सहयोगका लागि विभिन्न प्रस्तावहरु पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उक्त कार्यक्रमको सहयोग एवम् कार्यान्वयनका लागि आसियान राष्ट्रका प्रतिनिधि तथा पाँच साझेदार राष्ट्रहरु चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्डले क्षेत्रिय वृहत्तर आर्थिक साझेदारीमा हस्ताक्षरसमेत गरेका छन् । यो सम्झौता हालसम्मको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार समूहको सुरुवात भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top