नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर, साउन २९
विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४÷०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी नेपालका गाउँ–गाउँमा ६५ ओटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार पूर्वका १० जिल्लामा सञ्चालित शिविरबाट २७ हजार ३ सय ६५ महिला र २१ हजार ८ सय ४६ पुरुषको निःशुल्क उपचार गरिएको छ । मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, सप्तरी र उदयपुरमा शिविर सञ्चालन गरिएको हो । जसमध्ये मोरङमा सवैभन्दा बढी २२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

Advertisement

गत आर्थिक बर्षमा शिविरबाट लाभान्वित हुँने बिरामीको संख्या पनि मोरङमा बढी छ । शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरेपनि निःशुल्क गरिएको छ ।

स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । गाउँघरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार पाउँदा धेरै राहत महशुस भएको शिविरमा आएका विरामीले प्रतिक्रिया दिएका छन् ।

Advertisement

स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीहरुलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँनका लागि ग्रामिण क्षेत्रमा केन्द्रित गरी नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । बिपन्न बिरामीलाई लक्षित गरी उपचार सेवा उपलब्ध गराउँदै आएको नोबेल शिक्षण अस्पतालले गत बर्ष पनि निःशुल्क स्वास्थ्य शिविरबाट ४७ हजार बिरामीको निःशुल्क उपचार गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top