काठमाडौं : ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातìव विभागले जनाएको छ ।
पुरातत्व विभागका प्रमुख पुरातìव अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’
चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयाे ।, यो खबर आजको गोरखपत्र दैनिकमा छापिएको छ ।