न्यूजिल्याण्ड कोरोना भाइरस फ्री, प्रधानमन्त्री आर्डर्नको चौतर्फी तारिफ

२६ जेठ ७७, मंगलबार

२७ जेष्ठ, एजेन्सी ।
न्युजिल्यान्ड सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो ।

न्युजिल्यान्डमा विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमणसमेत देखिएको छैन । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन ।

Advertisement

सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए ।

संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णतः लकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो । सोमबारदेखि यो सुरक्षा सर्तकता लेभल एकमा झारिएको छ जुन भाइरस संक्रमण हुनुअघिको हो ।

लकडाउनमा यात्रा गर्न नपाइने प्रतिबन्धलाई उल्लंघन गरेका कारण स्वास्थ्यमन्त्री डा. डेभिड क्लार्क कारबाहीमा परेका थिए । यसले पनि कोरोना भाइरस नियन्त्रणका लागि न्युजिल्यान्डले संक्रमण रोक्न कसरी काम गरेको थियो भन्ने पुष्टि गर्ने विश्लेषकहरुले बताएका छन् ।

सोमबारको पत्रकार सम्मेलनमा आर्डनले पुनः भाइरसको संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै यस्तो देखिए न्युजिल्यान्डवासी असफल भएको नभई भाइरसको वास्तविकता नै यही भएको बताइन् ।

सोमबार न्युजिल्यान्डका चिकित्सकले कुनै पनि सक्रिय संक्रमणका बिरामी नभएको खबर प्रधानमन्त्री आर्डर्नलाई सुनाएका थिए । सोमबारै आयोजित पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डर्नले मैले आज खुसीले केहीछिन नाचेँ’ भन्दै आफ्नो देश कोरोना भाइरसमुक्त भएकोमा अत्यन्तै खुसी भएको बताएकी थिइन् ।

उनले देशलाई कोरोनामुक्त बनाउनका लागि आफूहरुले मात्र नभएर देशमा रहेका सबै ५० लाख जनताको एक टिमले काम गरेका कारण सफल बनेको बताएकी थिइन् । विश्वमै सफल नेतृका रूपमा नाम कमाएकी उनले भाइरस नियन्त्रणका लागि गरेको सबै कार्यलाई सम्पूर्ण जनताले प्रशंसा मात्र गरेका थिएनन् कि अन्तिमसम्म साथ दिएका थिए ।

न्युजिल्यान्डका स्थानीय समाचारमाध्यमले उनमा असहज परिस्थितिलाई सामना गर्न आवश्यक सबै क्षमता भएको बताएका छन् । द कन्भर्सेसनमा प्रकाशित एक रिपोर्टका अनुसार प्रधानमन्त्री आर्डर्नमा एक सफल नेतामा हुनुपर्ने मुख्य तीन गुण भएको उल्लेख गरिएको छ ।

उनमा एक नेताले आफ्ना जनतासँग गर्न चाहिने सञ्चारका सबै सीप भएको, जनतालाई परिवर्तनसँग अभ्यस्त हुन सक्षम बनाउने र सही कामका लागि सबैलाई सहमत गराउन सक्ने क्षमता भएको बताएको छ । भलै यहाँ सबै कुरा उत्कृष्ट नभएका होलान् तर हामीले आर्डर्नको नेतृत्वलाई अन्य पश्चिमा नेतासँग तुलना गर्दा अवश्य आभारी हुनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।

प्रधानमन्त्री आर्डनले भाइरस नियन्त्रणका लागि तत्काल चालेको कदमलाई न्युजिल्यान्डका ९० प्रतिशतभन्दा बढी जनताले समर्थन गरेका थिए । त्यति मात्र नभएर उनी रुचाइएको प्रधानमन्त्रीको रेटिङसमेत बढेर ५९.५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ ।

गतवर्ष क्राइस्ट चर्चको मस्जिदमा भएको आक्रमणपछि उनले चालेको कदमका कारण उनको नेतृत्वले विश्वव्यापी चर्चा कमाएको थियो । समाचारमाध्यमले प्रधानमन्त्री आर्डर्नले कोरोना भाइरस नियन्त्रणका लागि चालेको ‘छिटो गरौं प्रभावकारी गरौं’ भन्ने रणनीति नै सफल बनेको बताएका छन् ।

विशेष गरेर सञ्चारमाध्यमसँग मैत्रीपूर्ण मानिने आर्डर्नलाई कोरोना भाइरस नियन्त्रणपछि विश्वका सञ्चारमाध्यमले खुलेर प्रशंसा गरेका छन् । कोरोना भाइरसको संक्रमण परेर पनि नियन्त्रणमा सफलता पाउने विश्वकै पहिलो देश भएको समेत दाबी गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top