NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे बुधबार पुस २ , २०८२
फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

न्यूजिल्याण्ड कोरोना भाइरस फ्री, प्रधानमन्त्री आर्डर्नको चौतर्फी तारिफ

मङ्लबार जेष्ठ २७ , २०७७
Reading Time: 1 min read
A A
न्यूजिल्याण्ड कोरोना भाइरस फ्री, प्रधानमन्त्री आर्डर्नको चौतर्फी तारिफ

????????????????????????????????????

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ जेष्ठ, एजेन्सी ।
न्युजिल्यान्ड सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो ।

न्युजिल्यान्डमा विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमणसमेत देखिएको छैन । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन ।

LS Auto

सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए ।

संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णतः लकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो । सोमबारदेखि यो सुरक्षा सर्तकता लेभल एकमा झारिएको छ जुन भाइरस संक्रमण हुनुअघिको हो ।

लकडाउनमा यात्रा गर्न नपाइने प्रतिबन्धलाई उल्लंघन गरेका कारण स्वास्थ्यमन्त्री डा. डेभिड क्लार्क कारबाहीमा परेका थिए । यसले पनि कोरोना भाइरस नियन्त्रणका लागि न्युजिल्यान्डले संक्रमण रोक्न कसरी काम गरेको थियो भन्ने पुष्टि गर्ने विश्लेषकहरुले बताएका छन् ।

सोमबारको पत्रकार सम्मेलनमा आर्डनले पुनः भाइरसको संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै यस्तो देखिए न्युजिल्यान्डवासी असफल भएको नभई भाइरसको वास्तविकता नै यही भएको बताइन् ।

सोमबार न्युजिल्यान्डका चिकित्सकले कुनै पनि सक्रिय संक्रमणका बिरामी नभएको खबर प्रधानमन्त्री आर्डर्नलाई सुनाएका थिए । सोमबारै आयोजित पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डर्नले मैले आज खुसीले केहीछिन नाचेँ’ भन्दै आफ्नो देश कोरोना भाइरसमुक्त भएकोमा अत्यन्तै खुसी भएको बताएकी थिइन् ।

उनले देशलाई कोरोनामुक्त बनाउनका लागि आफूहरुले मात्र नभएर देशमा रहेका सबै ५० लाख जनताको एक टिमले काम गरेका कारण सफल बनेको बताएकी थिइन् । विश्वमै सफल नेतृका रूपमा नाम कमाएकी उनले भाइरस नियन्त्रणका लागि गरेको सबै कार्यलाई सम्पूर्ण जनताले प्रशंसा मात्र गरेका थिएनन् कि अन्तिमसम्म साथ दिएका थिए ।

न्युजिल्यान्डका स्थानीय समाचारमाध्यमले उनमा असहज परिस्थितिलाई सामना गर्न आवश्यक सबै क्षमता भएको बताएका छन् । द कन्भर्सेसनमा प्रकाशित एक रिपोर्टका अनुसार प्रधानमन्त्री आर्डर्नमा एक सफल नेतामा हुनुपर्ने मुख्य तीन गुण भएको उल्लेख गरिएको छ ।

उनमा एक नेताले आफ्ना जनतासँग गर्न चाहिने सञ्चारका सबै सीप भएको, जनतालाई परिवर्तनसँग अभ्यस्त हुन सक्षम बनाउने र सही कामका लागि सबैलाई सहमत गराउन सक्ने क्षमता भएको बताएको छ । भलै यहाँ सबै कुरा उत्कृष्ट नभएका होलान् तर हामीले आर्डर्नको नेतृत्वलाई अन्य पश्चिमा नेतासँग तुलना गर्दा अवश्य आभारी हुनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।

प्रधानमन्त्री आर्डनले भाइरस नियन्त्रणका लागि तत्काल चालेको कदमलाई न्युजिल्यान्डका ९० प्रतिशतभन्दा बढी जनताले समर्थन गरेका थिए । त्यति मात्र नभएर उनी रुचाइएको प्रधानमन्त्रीको रेटिङसमेत बढेर ५९.५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ ।

गतवर्ष क्राइस्ट चर्चको मस्जिदमा भएको आक्रमणपछि उनले चालेको कदमका कारण उनको नेतृत्वले विश्वव्यापी चर्चा कमाएको थियो । समाचारमाध्यमले प्रधानमन्त्री आर्डर्नले कोरोना भाइरस नियन्त्रणका लागि चालेको ‘छिटो गरौं प्रभावकारी गरौं’ भन्ने रणनीति नै सफल बनेको बताएका छन् ।

विशेष गरेर सञ्चारमाध्यमसँग मैत्रीपूर्ण मानिने आर्डर्नलाई कोरोना भाइरस नियन्त्रणपछि विश्वका सञ्चारमाध्यमले खुलेर प्रशंसा गरेका छन् । कोरोना भाइरसको संक्रमण परेर पनि नियन्त्रणमा सफलता पाउने विश्वकै पहिलो देश भएको समेत दाबी गरिएको छ ।

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२
एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे
ताजा समाचार

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२
एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.