‘पत्रकार महासंघले पत्रकार निष्काशनमा परेको खबर सुन्न नपरोस्’

२० वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन् ।

सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रम पछि न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका छन् ।

पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गरेका छन् ।

Advertisement

उनले भने – ‘पत्रकार महासंघले कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् । कोही पनि साथिले तोकिएको सेवा सुविधाबाट आफुलाई वञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् । र सबै सञ्चार संस्थाहरुले त्यहाँ काम गर्ने सबै श्रमजिवीहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण मिलाओस् । र उहाँहरुको पेशागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि प्रतिवद्धता जनाओस् भनेर हामीले अपिल गरेका छौँ ।’

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पु¥याएको बताए ।

महामारीको वीचमा पनि पत्रकारहरुले जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उनको भनाई छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई बिस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडी बढ्ने उनले बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गरे ।

कोरोना बाहानामा सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उनले बताए ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक पत्रकार महासंघले सार्वजनिक गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top