पत्रकार महासंघद्वारा चैत २५ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

८ चैत्र, विराटनगर ।
नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः३० बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए।

मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ ।

Advertisement

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ ।

यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

Advertisement

महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ ।

यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ ।

ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top