पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढ्दो: युनिसेफ

७ चैत, काठमाडौँ । पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ ।

विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ ।

झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ । पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ ।

Advertisement

दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बालबालिका प्रभावित छन् । पाकिस्तान, अफगानिस्तान, केन्या, हैटी, बुर्किना फासो, इथियोपिया, नाइजेरिया, पपुआ न्यूगिनी, सुडान, तान्जानीया र यमनलगायतका ३७ देशका बालबालिका अरु देशको तुलनामा धेरै समस्याको सामना गर्नुपरेको पनि युनिसेफले जनाएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरले पानीको सङ्कट देखिनुमा जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको बताएकी छन् ।

सुख्खापन बढ्दै गए बालबालिका विद्यालय छोडेर पानी बोक्न बाध्य हुने पनि उनले बताइन् । खडेरीले खाद्यान्न आपूर्तिमा कमी हुने र बच्चाहरूको शारीरिक वृद्धिमा प्रभाव पार्ने, कुपोषण हुने, पानीजन्य रोग फैलने जोखिमसमेत बढेको युनिसेफले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top