पर्सामा १६ करोडको गहुँ उत्पादन

१० बैशाख ७८, शनिबार

११ बैशाख, वीरगञ्ज । पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जानकारी दिएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रू. १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबरको पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको छ ।

Advertisement

किसानहरुले गहुँखेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यसवर्ष पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ८० हजार ६०० मेट्रिकटन गहुँ उत्पादन गरेको थियो । सो आर्थिक वर्षमा प्रति हेक्टर तीन दशमलव एक मेट्रिकटनले गहुँ उत्पादन भएको थियो ।

Advertisement

धानखेती भन्दा बढी आम्दानी गहुँखेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँखेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

जिल्लामा यसवर्ष किसानले विजय, एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँबाली गरेका छन् । उनीहरुले उत्पादन गरेका गहुँमध्ये ५० प्रतिशत विक्री गर्ने गरेको र बाँकी वर्षभरी आफैँ खानको लागि राख्ने गरेको बताइएको छ ।

 

किसानले उत्पादन गरेको गहुँ संघीय सरकारले प्रति क्वीन्टल तीन हजार १११ समर्थन मूल्यमा खरीद गर्न थालेपछि यहाँका किसान आर्थिक लाभ लिन थालेका छन्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top