पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

१ कात्तिक ७७, आइतबार

काठमाडौं: कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

Advertisement

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् ।, याे खबर राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top