×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

१० आश्विन २०७७

१० आश्विन, पाल्पा ।
रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

शुक्रबार राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

Advertisement
Advertisement

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन। शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो।

Advertisement

झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो। अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्ने क्रम नरोकिएका कारण समस्या भएको थियो।(रासस)

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top