छिमेकीले गरे दम्पतीमाथि आक्रमणः पत्नीको हत्या, पति घाइते

९ असोज ७७, शनिबार

१० आश्विन, रौतहट ।
शुक्रबार राती रौतहटको देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा एक दम्पतीमाथि आक्रमण भएको छ ।

आक्रमणमा परि पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते छन् । बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूबीच पुरानो रिसइबी थियो । घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् । पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए ।

उनका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top