१५ जेठ, काठमाडौं ।
नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री घनश्याम भूसालले लोकतान्त्रिक स्थिरताका लागि आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेता भूसालले अहिलेको संविधानले कामै नगर्ने अवस्थामा पु¥याउनका लागि अहिलेका घटनाक्रम भइरहेको भन्दै यसलाई रोकेर संविधान र लोकतन्त्रको रक्षाका लागि विकल्प खोज्दा देउवाको पक्षमा हस्ताक्षर गरेको बताए ।
उनले आफूले संसदीय मर्यादा उलङ्घन गरेको स्वीकार गर्दै यो आवश्यकता भएको दाबी गरे । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा ’मेरो स्पष्टीकरण’ भन्दै आफ्नो विचार व्यक्त गरे ।
भूसालले लेखे, ‘पोहोर सालको बैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो, जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु ।
उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन ।
त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।’
यही भनाइ अनुसार घटनाक्रम अघि बढिरहेको भन्दै भूसालले लाखौं नेपालीको रगत पसिना बगाएर प्राप्त भएको संविधान र लोकतन्त्र रक्षाका लागि नयाँ सरकार आफ्नो अपेक्षा भएको बताएका छन् ।