पाँच सय लिटर घरेलु मदिरा बरामद

0SHARES

१६ असार २०७५ नेपाल टाईम्स

मोरङ, असार १६

मोरङको विराटनगर र कटहरीबाट शुक्रबार पाँच सय लिटर घरेलु मदिरा बरामद गरिएको छ।वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले घरेलु मिदरा उत्पादन तथा बिक्रि वितरण गर्ने स्थानहरुबाट घरेलु मदिरा बरामद गरेको हो।

प्रहरीले शुक्रबार दिउँसो २ देखी ५ बजेसम्म बिराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर २,३ र ४ का होटल, भट्टीपसलहरुमा चेकजाँच गरि अवैध मदिरा नियन्त्रणमा लिएको हो ।

विज्ञापन बक्स