पाकिस्तानसँग देश चलाउने पैसा छैन : इमरान खान

८ मंसिर ७८, बिहीबार

९ मंसिर, एजेन्सी ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूसँग देश चलाउन पैसा नभएको र ऋण बढ्दै गएको बताएका छन् । मंगलबार इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले यस्ताे बताएका हुन्

उनले भने, ‘जसरी घरमा आम्दानी कम र खर्च बढी हुन्छ भने त्यो घर समस्यामा रहन्छ, पाकिस्तानको पनि त्यस्तै हालत छ ।’ इमरान खानले आफूहरूको सबैभन्दा ठूलो समस्या देश चलाउन धेरै पैसा नभएको र यसले गर्दा ऋण लिइरहेको बताए ।

उनले भविष्यका लागि बचत र लगानीका हिसाबले पाकिस्तान पछाडि परिरहेको दुःखेसो गरे । इमरान खानले भने, ‘पाकिस्तानमा कर संस्कृति कहिले विकास भएन । कर छली गर्नु खराब कुरा हो । यसलाई जनताले बुझ्न सकेनन् । म यस विषयमा सोचिरहेको छु– आखिर पाकिस्तानमा कर दिने संस्कृति किन छैन !’

उनले अगाडि भने, ‘निष्कर्षमा दुई–तीनवटा कुरा आए । पहिला हामी उपनिवेश थियौं, त्यसबेला विदेशीलाई किन कर तिर्नु भन्ने सोच थियो । विदेशीको शासनमा कर छली हुनु स्वाभाविक थियो । जसले यी करहरूले हामीलाई नै फाइदा पुग्छ भन्ने बुझेका छन्, उनीहरूको सोच फरक हुन्छ ।’

भर्खरको समाचार

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top