पूर्वका उद्योगीको दशैं ःविदेश घुमघामदेखि लिङ्गे पिंङसम्म

१८ असोज, विराटनगर। सधैको बषै झै यस वर्षको दशैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म तपाईंले दशैं कसरी मनाउने भनेर योजना बुनिसक्नुभएको होला । मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दशैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन थालेको छ ।

परम्परागत तवरबाटै आफन्तजनसँग भेटघाट तथा टीकाटालो गरेर दशैं मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि कमी छैन । त्यससँगै ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दशैं मनाउने चलन फरक छ ।खासगरी सम्भ्रान्त वर्गमा पर्ने परिवारहरू दशैंमा देशभित्र वा बाहिर घुमघाम गर्न थालेका छन् ।

पूर्वका उद्योगी व्यवसायीको दशै योजना कस्तोे छ त, यसै विषयमा केन्द्रीत भएर हामीले उनीहरुको दशैंको योजना यहाँ पस्केका छौं ।

Advertisement

‘यो बर्षको दशै बिदेशमा बित्ने छ’: पवन साराडा

Advertisement

साराडा ग्रुप एवम पूर्व अध्यक्ष,मोरङ व्यापार संघ
यो बर्षको दशै मेरो बिदेशमा बित्ने छ । दशैमा म नेपालमा रहन्न् ।शुक्रवार ग्रीस र टर्कीको भ्रमणमा जादैछु । १५ दिन पछि स्वदेश फर्कने भएकाले दशैंमा म विराटनगरमा रहने छैन । शनिवार ग्रीस र टर्कीका लागि उड्ने छु । विगतको बर्ष विराटनगरमा नै परिवारजन र आफन्त भेटघाट गरी रमाइलो गरी दशै मनाएको थिए । विशेष गरी मैले नेपाली मौलिक परम्परा र संस्कृतिअनुसार नै हरेक वर्ष दशैं मनाउने गरेको छु । दशैंमा मेरो पूजा हुन्छ । म नवरात्रभर ब्रत बस्छु । मेरो अनुपस्थितिमा यो बर्ष पूजा–आजा छोराले गर्नेछ। दशैलाई भने मिस गर्नेछु ।

‘घुमफिरको योजना छ’: प्रकाश मुण्दडा 

अध्यक्ष, मोरङ व्यापार संघ
नयाँ कपडा लगाउने, मिठो खाने कुराले गर्दा बाल्यकालमा दशैं अत्यधिक रमाइलो हुन्थ्यो । म बच्चा छँदा यिनै कुरामा बढी रमाउँथे । दशै नवरात्रिभर पूजाआजा गर्नेसँगै ब्रत बस्ने गरेको छु ।दशैमा म कतै बाहिर जाने गरेको छैन । यस बर्षको दशैंपनि विराटनगरमा नै परिवारजन–आफन्त र साथीहरुहरुसंग रमाइलो गरी मनाउने योजना छ । टीकाको पूर्णिमापछि भने पोखरा घुमफिरका लागि जाने योजना तया भएको छ । पोखरा घुमफिरसँगै मुतिmनाथ गएर दर्शन गर्ने योजनामा छ । अहिले व्यवसायिक जीवनले व्यस्तता बढाएको छ । हुन त हाम्रो पालामा जस्तो अहिलेका बालवालिकाहरूमा दशैंको रौनक नहोला । किनकि अचेल राम्रो लगाउन र मीठो खान उनीहरूले दशैं पर्खनु पर्दैन । बच्चा बेला सम्झेर पनि हामी खुशी हुन पाएका छौं ।

‘वर्षभरिको थकान मेटाउने गर्छु’:राजेन्द्र राउत

उपाध्यक्ष, प्रदेश नं १ ,नेपाल उद्योग वाणिज्य महासंघ
नेपालीहरूको महान् चाड दशैंको मुख्य विशेषता भनेको नै रमाइलो गर्ने हो ।हामी वर्षभरि काम गर्छौं । थकानमा हुन्छौं । हो, त्यो थकान मेटाएर आराम गर्ने समय हो, यो । केही दिन अघि म काठमाण्डौ गएको थिए । दशैको लागि म विराटनगर फर्किसकेको छु । मेरा परिवार–आफन्त र साथीभाईसंगको भेटघाटमा दशै भरी ब्यस्त हुने गरेको छु । यो बर्ष मेरो परिवारमा नयाँ सदस्य बुहारीका रुपमा भित्रिएका छिन ।उनीसंगको यो दशै पहिलो बर्ष भएकाले पनि पारिवारिक रमाइलो अझ बढी हुनेछ ।टीका लगाउँदा–लगाउँदै दशैं सकिन्छ ।

‘ पश्चिम नेपाल घुम्ने योजना छ ‘:महेश जाजू

 मेनजिङ्ग डाइरेक्टर,एसियन थाई फुष्ट
मैले नेपाली मौलिक परम्परा र संस्कृति अनुसार नै हरेक वर्ष दशैं मनाउने गरेको छु । म दशै विराटनगरमा परिवारसंग नै मनाउने छु । दशैंमा मेरो नियमित पूजा हुन्छ । म नवरात्रभर ब्रत बस्छु ।घरमा नै दिन नवरात्र चल्छ। दैनिक पुजा अर्चाना हुन्छ । टीकाको दिन मान्यजनसंग टीका लगाउने र परिवारका सदस्यलाई टीका लगाई आर्शिवाद दिने काम हुन्छ । तिन महिना अघि युरोप भ्रमण गरेर आएकाले यो बर्षको दशैमा पश्चिम नेपालका धार्मिक एव पर्यटकिय क्षेत्रको भम्रण गर्ने योजना छ । टीका को भोलि पल्ट एकादशीको दिन परिवारसंग ६ दिनको भ्रमणका लागि पश्चिम नेपालको पोखरा हुदै मुक्तिनाथ दर्शन जोनसुम,मुस्ताङ मनाङको भम्रण रहनेछ । अघिल्ले बर्ष दशैमा विदेश गएको थिए ।सरकारले २०२० भम्रण बर्ष घोषणा गरिसकेको अबस्थामा बाह्य पर्यटक आउने बातावरण तयार गर्ने मात्र होइन स्वदेशका नागरिकले पनि आन्तरिक भम्रण गर्नु पर्छ भन्ने सोच सहितको पारिवारिक भम्रण तय गरेको छु । सोही अनुरुप दशैको रमाइलो घुमघामले बित्नेछ ।

‘ गाउँ जाने अनि लिङे पिंङ खेलिन्छ ‘ भीम घिमिरे 

अध्यक्ष,उद्योग संगठन मोरङ
म दशैमा सधै गाँउ जाने गरेको छु । सुनसरीको चक्ररघंटीमा गएर परिवारजनसंगको दशै मनाउने परम्परालाई यो बर्षपनि निरन्तरता दिनेछु ।अहिले घरका लागि आवश्यक किनमेलको काम भईरहेको छ । किनमेलको काम सकिएपछि चक्ररघंटी जाने योजना छ । गएको बर्ष दशै मनाउन भएन । यो बर्ष अब गाउँमा मनाउने भएकाले बाल्यकालका साथी–भाई ,त्यसैगरी आफन्त भेटघाट हुन्छ । दशै रमाइलो हुने गरेको छ । बिषेश गरी दशैमा लिङ्गे पिंङ खेलेर रमाउने गरेको छु । मेरो । दशैको समयमा म २५ वर्षदेखि सधैं देशबाहिरै भएँ । कहिले अमेरिका त कहिले युरोपमा मेरो दशैं बित्ने गरेको छ । मेरा छोराछोरीहरू बाहिर भएका कारण म सधैं बाहिर गइरहन्छु ।दशैंमा कामबाट थोरै फुर्सद पाइन्छ । दशैंको बिदामा अलिकति समय थप गर्यो भने प्रशस्त साथीभाईसंग भेटघाट गर्ने समय पनि मिल्ने गर्छ ।त्यही समयलाई भरपुर सदुयोग गर्ने गरेको छु ।

‘दशैंमा विराटनगरबाहिर जान्न’:अविनाश बोहरा

सदस्य,नेपाल उद्योग बाणिज्य महासंघ
प्रत्येक बर्षको मेरो दशंै विराटनगरमा नै बित्ने गरेको छ ।स्थानीयबासी भएकालेपनि म दशंै बिशेष गरी विराटनगरमा नै मनाउदै आएका छु । हाम्रो चलिआएको परम्परा र संस्कृति अनुसार नै दशैं मनाउने गरेको छु । यस वर्ष पनि त्यसरी नै मनाउने योजना छ । जमरा राख्ने देखि दशैंमा दैनिक देबीको पूजा हुन्छ । म नवरात्रिभर ब्रत बस्छु । त्यसपछि आफु भन्दा ठुला मान्यजनको हातबाट टिका लाउने अनी परिवारका साना सदस्यलाई टीका लगाई दिने प्रचलन अनुसार दशै यसरी नै बित्ने गरेको छ । दशैंअघि नै धेरै दौडधुप भयो । कहिले कामको सिलसिलामा कहिले कता कहिले कता पुग्नुपर्ने । अरु समय भन्दा अलिक दशैमा समय प्रयाप्त हुने भएकाले परिवारलाई बढीसमय दिने गरेको छु । दशैमा आफन्त घेटघाटको राम्रो मौकाका रुपमा पनि लिने गरेको छु । परिवारका अन्य सदस्य दिदी–भिनाजू आफन्त आउनु हुने त्यसैगरी आफुहरुपनि आफन्तकोमा टीका ग्रहण गर्न जाने भएकालेपनि आफन्तसंगको भेटघाटलेपनि दशैको रौनतालाई अझै रमाइलो थपिदिने गरेको छ ।पहिला युवा अबस्थामा लिङ्गे पिंङ लगाउने गरेकाले दशैमा लिङ्गे पिंङपनि खेल्ने गरेको थिए ।तर बिगत केही बर्षदेखि लिङ्गे पिंङ लगाउने क्रम हटेको छ ।अष्टमी–नवमीसम्म चलिआएको परम्परा अनुसार नै रमाइलो गर्छौं । अन्य मान्यजनहरूबाट समेत टीकासहित आशीर्वाद लिएर दशैं बिदा सकिने गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top