पोखराको रामघटमा मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि,श्रीमती र छोराहरुले दिए दागवत्ति

१७ फागुन ७५, शुक्रबार
Share this
667shares

पोखरा, फागुन १७
ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गरिएको छ । मन्त्री अधिकारीको पोखराको रामघाटस्थित सेती नदीको किनारमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।

Advertisement

उनको पार्थिव शरीरमा श्रीमति विद्या र छोराले दागबत्ति दिएका छन् ।रामघाटमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराहरु विराज र स्वराजले दागबत्ति दिँदै अन्तिम बिदाइ गरे ।रामघाट लानुअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पोखराकै प्रदर्शनी केन्द्रमा राखिएको थियो । प्रदर्शनी केन्द्रमा प्रिय नेतालाई श्रद्धाञ्जली दिन हजारौँको संख्यामा नेता, कार्यकर्ता र स्थानीयबासी उर्लिएका थिए । अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका शुक्रबार बिहान काठमाडौंको टुँडिखेलमा राखिएको थियो । तीमध्ये चारजनाको पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।

Advertisement

टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि नेपाली सेनाको स्काई ट्रकबाट अधिकारीको शव गृहनगर पोखरा र्पुयाइएको थियो । रामघाट लानुअघि मन्त्री अधिकारीको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसैगरी नेकपा नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top