×

NEPAL TIMES UPDATES

Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनले हेर्ने ४८ क्षेत्र,एआई, साइबर,गुप्तचर, डिजिटल शासनदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026

प्रति मेट्रिकटन साढे ९ हजार बढी तिर्नेगरी ३० हजार मेट्रिकटन मल खरिद गर्न ठेक्का सम्झौता

१२ चैत्र २०७७

११ चैत, काठमाडौँ । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ ।

जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए ।

Advertisement
Advertisement

उनका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो ।

तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ ।

यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने जानकारहरु बताउँछन् ।

कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने प्रस्ताव गरेका थिए ।

२३ पुस २०७७ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा प्रति मेट्रिक टन स्वीस सिंगापुरले ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन प्रस्ताव गरेका थिए ।

लागत मूल्यांकन भन्दा ४ डलर बढीमा मल ल्याउन प्रस्ताव परेको र सोही बेला मलको अन्तर्राष्ट्रिय मूल्य अध्यधिक बढेका कारण दुईमध्ये कम बोल कबोल गरेको कम्पनीलाई ठेक्का दिए सरकारी ढुकुटी बच्ने भन्दै कृषि सामग्री कम्पनीले कृषि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

तर त्यतिबेला मलको मूल्यबारे अध्ययन नै नगरी मन्त्रालयका कृषितर्फका सचिव डा. योगेन्द्रकुमार कार्कीले लागत बढी परेको कारण देखाएर पुनः नयाँ ठेक्का सुरुआत गर्न कृषि सामग्रीलाई निर्देशन दिएका थिए ।

तालुक निकायको निर्देशनपछि कृषि सामाग्री कम्पनीले नयाँ ठेक्का प्रारम्भ ग¥यो । पछिल्लो पटक पनि जोशी बिज हाउसले नै ठेक्का पायो, तर पहिले भन्दा प्रति मेट्रिक टन ८२ डलर बढी पाउने गरी ।

Advertisement
Advertisement

मन्त्रालय स्रोतका अनुसार मल खरिदमा कृषि मन्त्री पद्मा कुमारी अर्याल र कृषि सचिव डा योगेन्द्र कुमार कार्कीको प्रत्यक्ष संलग्नता छ । तर उनीहरुले अस्वीकार गर्दै आएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top