१२ असार, विराटनगर ।
प्रदेश १ बाट बिहीबार एकैदिन ७० जना कोरोना संङ्क्रमित निको भएर घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टर गोठगाउँमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा मोरंङका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४ तथा पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेहरु १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतलगायतले विदाई गरेका थिए । योसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।