प्रदेश १ संसदमा उठेको रेड लाइट एरिया बारे महिला सांसदको आपत्ति

विराटनगर, चैत १४
प्रदेश १ को संसद बैठकमा यौन व्यवसायलाई बैधता दिने बारे कुरा उठाइको भन्दै महिला सांसदले आपत्ति जनाएका छन् । नेपालमा पर्यटन विकासका लागि महिलालाई यौन व्यवसायमा लगाउनु पर्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै १ नम्बर प्रदेशसभाकी सांसद इन्दिरा राईले आपत्ति जनाएकी हुन्।

प्रदेशसभामा प्रस्तुत प्रदेशको पर्यटन विकासका सम्बन्धमा बनेको विधेयकको विषयमा बुधबारको छलफलमा सहभागी हुँदै इलामका प्रदेशसांसद राम राना मगरले रेडलाइट एरिया छुट्याउनु पर्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोध गर्दै सांसद राईले संस्कार अनुसार महिलालाई सरस्वती मानेको र त्यसखालका यौन व्यवसायमा लगाउने गरी आएको अभिव्यक्तिप्रति आफ्नो आपत्ति रहेको बताइन् ।

उक्त विषयको कडा प्रतिवाद गर्दै सांसद राईले यसले महिला अस्मिताको खिल्लि उडाउने काम भएको तर्क गरिन् । उनले ‘नारीलाई देवतासँग तुलना गरिन्छ, तर, हिजो बोल्ने मान्यज्यूले रेड लाइट एरियाको कुरा उठाएर अशोभनिय अभिव्यक्ति दिनुभएको छ ।’ राईले नारी अस्तित्वमाथि प्रहार भएको समेत बताइन् ।

Advertisement

उनले यस्तो आपत्तिजनक अभिव्यक्ति नदिन समेत आग्रह गरिन् । बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले कसै न कसैले यो विषय उठाउने भन्दै पर्यटन विद्येयका यस्ता कुरा आउनुपर्ने बताए । प्रदेशसभाको बिहीबार बसेको बैठकमा आयोजित विधेयकमाथिको छफलमा सहभागी हुँदै सांसद शान्ता पौडेलले पर्यटनको विकासमा कानून बनाउनु मात्रै ठूला कुरा नभएको भन्दै कार्यान्वयनमा जोड दिइन्।

यस्तै सांसद शिवनारायण गनगाईले नेपालमा धार्मिक पर्यटक भित्र्याउने गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागी हुँदै सांसद शेखरचन्द्र थापाले पर्यटनसम्बन्धी विधेयक नियमनकारी जस्तो देखिएपनि प्रबद्र्धनकारी नभएको र लगानी भित्र्याउने खालको नभएको बताए । उनले अन्यत्र विकसित मुलुकहरुमा पर्यटनमा गरेको विकासको अध्ययन गर्ने र आधार खडा गर्ने हिसावले विधेयक परिमार्जन गर्नुपर्नेमा जोड दिए । संसद् बैठक शुक्रबार १ बजेका लागि बोलाईको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top