नेप्से दुई अङ्कले बढ्यो

१४ चैत ७५, बिहीबार
Share this
722shares

काठमाडौँ, चैत १४

Advertisement

शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ ।

कूल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता शेयर रु १४ करोड ५९ लाख ११ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका दश उपसमूह मध्ये आज चार उपसमूहको शेयर धने घटेका छन् । यस्तै छ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ १.३८, निर्जीवन बीमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बीमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् ।

Advertisement

कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु दुई करोड ६२ लाख ८४ हजार ८१६ मूल्यमा खरीद बिक्री भयो । यस्तै प्रभु बैंकको रु एक करोड २३ लाख २३ हजार ३५१, नेपाल लाइफ इन्स्योरेन्सको रु ९९ लाख ७६ हजार ५०४, बैंक अफ काठमाडौँ रु ९३ लाख ५५ हजार ३३०, एनएमबी बैंकको रु ८६ लाख ४६ हजार ५२५ मा कारोवार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फण्ड एक ४.७३, नबिल इक्विटी फण्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार प्रतिशतले कमाएका छन् ।

Advertisement

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top