NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

प्रदेश १ सरकारमाथि खनिए केदार कार्की, कर्तुत लुकाउन पैसा बाँडेको आरोप

मङ्लबार जेष्ठ २० , २०७७
Reading Time: 1 min read
A A
प्रदेश १ सरकारमाथि खनिए केदार कार्की, कर्तुत लुकाउन पैसा बाँडेको आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेठ, विराटनगर ।
प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषको पैसा मिडिया हाउसहरुलाई बाँडेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेस १ नं. प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जनताको राहतको लागि भनेर, कोरोना रोकथामको लागि भनेर चन्दा उठाएको पैसा मिडिया हाउसलाई बाँडेको भन्दै आपत्ति जनाएका हुन् ।

्नेरपाल टाईम्ससँगको विशेष कुराकानीका क्रममा सचेतक कार्कीले भने -‘जनताको राहतको लागि जनताले जम्मा गरेको पैसामा भोका जनतालाई पेटमा अन्न दिनुको साटो, रोगले तड्पिरहेकालाई उपचार दिनुको साटो, भीटीएम किन्नुको साटो,ल्याब किन्नुको साटो सरकारले ५० लाख मिडिया हाउसलाई राहत कोषबाट पैसा दियो ।’

उनले जनताको पेटमा लात हानेर त्यो पैसा मिडियालाई दिन नहुने बताए । सरकारले कोरोना जनसुरक्षा कोषमा राहतमा चन्दा उठेको पैसा आफ्नो कर्तुत लुकाउन मिडिया हाउसलाई बाँडेको र मिडिया हाउसले पनि सरकारले दुरुपयोग गरेको कुरा नलेख्ने शर्तमा पैसा लिने गरेको आरोप पनि लगाए ।उनले मिडियाप्रति लक्षितगर्दै भने – ‘सांसदहरुले संसद् कोष चलाएको पैसा चैँ तपाई लेख्ने अनि तपाईले मिडियामा नलेख्ने शर्तमा पैसा लिने अनि तपाई नलेख्ने सरकारले दुरुपयोग गरेको कुरामा?’

LS Auto

कोरोना संक्रमितहरुलाई झापाबाट धरान ल्याएर रातभर बाहिर राखेको, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ किलोमिटर पर एक जना बिरामी लिन १८ घण्टासम्म एम्बुलेन्स नपुगेको कुरा कुनै पनि मिडियामा नआएको बताउँदै उनले भने-‘अहिले धरानमा जो बिरामी राखिएको छ, मुख्यमन्त्रीले उद्घाटन गरेको कोरोना अस्पताल भन्नुभएको छ सय बेडको, त्यहाँ सय बेड छ गएर हेर्नुस् त ?तल भुँइमा आछ्यान लगाएर सुताईएको छ ।’

उनले जनसुरक्षाकोषमा गरिब दुखीको पैसा पनि परेको बताउँदै भने- ‘ विचरा हलुका सवारी चालक, बिचरा कार्यालय सहयोगी जसले आफ्नो छाक काटेर, केटाकेटीको छाक काटेर जम्मा गरेको पैसा पनि छ नि त्यहाँ त, हजुर ।’ प्रमुख सचेतक कार्कीले मिडिया हाउसलाई पनि यस समय गारो परेको र त्यसमा सरकारले राहत दिनुपर्ने बताउँदै अन्य श्रोतबाट पैसा दिन सक्ने तर्क गरे ।

मुख्यमन्त्री कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार कोरोना जनसुरक्षा कोषमा हालसम्म २९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको र ११ करोड ५१ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश १ का छापा तथा रेडियो, टेलिभिजन लगायतका विद्युतीय सञ्चार माध्यमकालागि राहत प्याकेजका रुपमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । सरकार आफैंले कोरोना भाइरसविरुद्ध सचेतना मुलक विज्ञापन सामग्रीहरु तयार पारेर वितरण गरेको थियो । तर त्यसकालागि कुन स्रोतबाट बजेट व्यवस्था गरिएको हो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

कार्कीले भने-मुख्यमन्त्री नै भ्रष्ट्राचारीको संरक्षणमा
प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री नै भ्रष्ट्राचारीको संरक्षणमा लागेको आरोप पनि लगाए । उनले व्यङ्ग्यगर्दै भने – ‘भ्रष्ट्राचरीलाई म छोड्दिन भनेको कुरा चैँ भ्रष्ट्रचारीलाई म पक्रिरहन्छु, अँगालो मारिरहन्छु, मेरै अगाडि राखिरहन्छु । प्रधानमन्त्रीले भनेको कुरा र उहाँले भनेको कुरा एउटै हो ।’ उनले अनियमितताका लागि आर्थिक अनुशासनमा कडा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिवलाई सरुवा गर्न नमिल्ने भएपनि जबरजस्ती सरुवा गरेकोे बताए ।‘बजेट बनाउने बेलामा अर्थमन्त्रालयका उपसचिव हरिहर जीलाई जगेडामा लगेर मुख्यमन्त्री कार्यालयमा लग्यो जहाँ कुर्सी छैन,जहाँ उहाँको पोष्ट छैन । सर्वोच्च अदालतले आदेश दिएको छ, तपाइँ जहाँ हुनुहुन्छ त्यहीँकाम गर्नु भनेर ।’ उनले भने ‘उहाँ आर्थिक अनुशासनमा कडा हुनुहुन्थ्यो, उहाँलाई अनियमिततै गर्न सरुवा गरेको हो नि त त्यहाँ ।’

सबैभन्दा बढी भ्रष्ट्राचार मुख्यमन्त्रीले सम्हालेकै भौतिक पूर्वाधार मन्त्रालयमा भएको दाबी गर्दै त्यसकै कारण मुख्यमन्त्रीले सचिवालय परिवर्तन गरेको बताए । उनले संघीय सरकारले काम गर्ने कर्मचारीको भत्ता काट्ने तर, जनप्रतिनिधिको नकाट्ने कुरामा असन्तुष्टि व्यक्त गरे । उनले भने-‘राष्ट्रपतिदेखि गाउँपालिका अध्यक्ष सम्मको राजनीतिक पदको भत्ता कटौती गर्नुपर्छ कि पर्दैन ?कर्मचारी जो राष्ट्रेसेवक हो, हामीले नीति बनाईसकेपछि उसले काम गर्छ तिनको चै भत्ता काट्ने अनिहाम्रो चैँ किन नकाट्ने?हाम्रो चैँ सुविधा बढाउने? ’

नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीसँग गरिएको कुराकानी नेपाल टाईम्स अनलाइन टेलिभिजनको फेसबुक पेज तथा युट्युब च्यानलमा गएर हेर्न सक्नुहुने छ ।

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.