×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

प्रदेश १ सरकारमाथि खनिए केदार कार्की, कर्तुत लुकाउन पैसा बाँडेको आरोप

२० जेष्ठ २०७७

२० जेठ, विराटनगर ।
प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषको पैसा मिडिया हाउसहरुलाई बाँडेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेस १ नं. प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जनताको राहतको लागि भनेर, कोरोना रोकथामको लागि भनेर चन्दा उठाएको पैसा मिडिया हाउसलाई बाँडेको भन्दै आपत्ति जनाएका हुन् ।

्नेरपाल टाईम्ससँगको विशेष कुराकानीका क्रममा सचेतक कार्कीले भने -‘जनताको राहतको लागि जनताले जम्मा गरेको पैसामा भोका जनतालाई पेटमा अन्न दिनुको साटो, रोगले तड्पिरहेकालाई उपचार दिनुको साटो, भीटीएम किन्नुको साटो,ल्याब किन्नुको साटो सरकारले ५० लाख मिडिया हाउसलाई राहत कोषबाट पैसा दियो ।’

Advertisement
Advertisement

उनले जनताको पेटमा लात हानेर त्यो पैसा मिडियालाई दिन नहुने बताए । सरकारले कोरोना जनसुरक्षा कोषमा राहतमा चन्दा उठेको पैसा आफ्नो कर्तुत लुकाउन मिडिया हाउसलाई बाँडेको र मिडिया हाउसले पनि सरकारले दुरुपयोग गरेको कुरा नलेख्ने शर्तमा पैसा लिने गरेको आरोप पनि लगाए ।उनले मिडियाप्रति लक्षितगर्दै भने – ‘सांसदहरुले संसद् कोष चलाएको पैसा चैँ तपाई लेख्ने अनि तपाईले मिडियामा नलेख्ने शर्तमा पैसा लिने अनि तपाई नलेख्ने सरकारले दुरुपयोग गरेको कुरामा?’

कोरोना संक्रमितहरुलाई झापाबाट धरान ल्याएर रातभर बाहिर राखेको, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ किलोमिटर पर एक जना बिरामी लिन १८ घण्टासम्म एम्बुलेन्स नपुगेको कुरा कुनै पनि मिडियामा नआएको बताउँदै उनले भने-‘अहिले धरानमा जो बिरामी राखिएको छ, मुख्यमन्त्रीले उद्घाटन गरेको कोरोना अस्पताल भन्नुभएको छ सय बेडको, त्यहाँ सय बेड छ गएर हेर्नुस् त ?तल भुँइमा आछ्यान लगाएर सुताईएको छ ।’

उनले जनसुरक्षाकोषमा गरिब दुखीको पैसा पनि परेको बताउँदै भने- ‘ विचरा हलुका सवारी चालक, बिचरा कार्यालय सहयोगी जसले आफ्नो छाक काटेर, केटाकेटीको छाक काटेर जम्मा गरेको पैसा पनि छ नि त्यहाँ त, हजुर ।’ प्रमुख सचेतक कार्कीले मिडिया हाउसलाई पनि यस समय गारो परेको र त्यसमा सरकारले राहत दिनुपर्ने बताउँदै अन्य श्रोतबाट पैसा दिन सक्ने तर्क गरे ।

मुख्यमन्त्री कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार कोरोना जनसुरक्षा कोषमा हालसम्म २९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको र ११ करोड ५१ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश १ का छापा तथा रेडियो, टेलिभिजन लगायतका विद्युतीय सञ्चार माध्यमकालागि राहत प्याकेजका रुपमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । सरकार आफैंले कोरोना भाइरसविरुद्ध सचेतना मुलक विज्ञापन सामग्रीहरु तयार पारेर वितरण गरेको थियो । तर त्यसकालागि कुन स्रोतबाट बजेट व्यवस्था गरिएको हो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

कार्कीले भने-मुख्यमन्त्री नै भ्रष्ट्राचारीको संरक्षणमा
प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री नै भ्रष्ट्राचारीको संरक्षणमा लागेको आरोप पनि लगाए । उनले व्यङ्ग्यगर्दै भने – ‘भ्रष्ट्राचरीलाई म छोड्दिन भनेको कुरा चैँ भ्रष्ट्रचारीलाई म पक्रिरहन्छु, अँगालो मारिरहन्छु, मेरै अगाडि राखिरहन्छु । प्रधानमन्त्रीले भनेको कुरा र उहाँले भनेको कुरा एउटै हो ।’ उनले अनियमितताका लागि आर्थिक अनुशासनमा कडा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिवलाई सरुवा गर्न नमिल्ने भएपनि जबरजस्ती सरुवा गरेकोे बताए ।‘बजेट बनाउने बेलामा अर्थमन्त्रालयका उपसचिव हरिहर जीलाई जगेडामा लगेर मुख्यमन्त्री कार्यालयमा लग्यो जहाँ कुर्सी छैन,जहाँ उहाँको पोष्ट छैन । सर्वोच्च अदालतले आदेश दिएको छ, तपाइँ जहाँ हुनुहुन्छ त्यहीँकाम गर्नु भनेर ।’ उनले भने ‘उहाँ आर्थिक अनुशासनमा कडा हुनुहुन्थ्यो, उहाँलाई अनियमिततै गर्न सरुवा गरेको हो नि त त्यहाँ ।’

सबैभन्दा बढी भ्रष्ट्राचार मुख्यमन्त्रीले सम्हालेकै भौतिक पूर्वाधार मन्त्रालयमा भएको दाबी गर्दै त्यसकै कारण मुख्यमन्त्रीले सचिवालय परिवर्तन गरेको बताए । उनले संघीय सरकारले काम गर्ने कर्मचारीको भत्ता काट्ने तर, जनप्रतिनिधिको नकाट्ने कुरामा असन्तुष्टि व्यक्त गरे । उनले भने-‘राष्ट्रपतिदेखि गाउँपालिका अध्यक्ष सम्मको राजनीतिक पदको भत्ता कटौती गर्नुपर्छ कि पर्दैन ?कर्मचारी जो राष्ट्रेसेवक हो, हामीले नीति बनाईसकेपछि उसले काम गर्छ तिनको चै भत्ता काट्ने अनिहाम्रो चैँ किन नकाट्ने?हाम्रो चैँ सुविधा बढाउने? ’

Advertisement

नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीसँग गरिएको कुराकानी नेपाल टाईम्स अनलाइन टेलिभिजनको फेसबुक पेज तथा युट्युब च्यानलमा गएर हेर्न सक्नुहुने छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top