२७ जेठ, काठमाडौँ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार राति कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएकाछन् । नवनियुक्त भौतिक पूर्वाधार यातायात मन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले बुधबार राति नै प्रदेश प्रमुख राजेश झा समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
बुधबार दिउँसो जसपा र कांग्रेसबीच दुईबुँदे सहमतिसमेत भएको थियो ।