प्रधानमन्त्रीको सपथविरूद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

४ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेन्चमा परेको छ।

प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीको उक्त सपथविरूद्ध परेका चार वटै रिटमाथिको सुनुवाइ मंगलबार गर्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका छन्।

प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरू उच्चारण नै नभएको, जुन कार्य गैर–संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न गरेको भन्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्च अदालतमा हिजो छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गराका थिए। चार वटै रिटको सुनुवाइ प्रधानन्यायाधीशको एकल इजलासमा परेको हो।

Advertisement

गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको ठहर रिटमा गरिएको छ।

यस्तै सङ्घीय संसद्का सदस्य नै नभएका तर प्रतिनिधिसभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री नियुक्त भइ शपथ ग्रहण गरेका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top